नेप्से परिसूचकमा एकल अंकको वृद्धि, कारोबार रकम नाै अर्बमाथि

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक ९.२३ अंकले बढेर २७१४.६१ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिन नेप्से परिसूचक ९.४३  अंकले घटेको थियो। सो दिन ८ अर्ब ९२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

यसदिन ३३२ स्क्रिप्सको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार ९८ रुपैयाँमा खरिदबिक्री भए।

सेयर बजार एकल अंकले बढेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। एसवाइ प्यानल नेपाल,श्रीनगर एग्रिटेक इन्डस्ट्रिज,त्रिशूली जल विद्युत र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १० प्रतिशतले बढ्यो। एक्सिल डेभलपमेन्ट बैंकको सेयर ९.८७ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४० करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। मञ्जुश्री फाइनान्सले ३५ करोडको सेयर कारोबार गर्दा एसवाइ प्यानल नेपालले ३२ करोड,बन्दिपुर केवलकार एण्ड टुरिजमले २८ करोड र श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले २४ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १६२ स्टक्सको मूल्य बढ्दा ८८ वटाको घट्यो। १० वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। तीन समूहको उपसूचकबाहेक अरु सबै समूहको उपसूचक बढ्यो। फाइनान्स समूहको उपसूचक सर्वाधिक २.३८ प्रतिशतले बढ्यो।


Published :माघ ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media