सुन तोलाको ३ लाख ९ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को दिन नयाँ रेकर्ड कायम गर्ने क्रम जारी छ।

आज साताको दोस्रो सोमबार सुन तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेकोमा आज तोलामा ५ हजार २ सय रुपैयाँले वृद्धि भएको हो। मूल्यवृद्धिसँगै सुन बजारमा चासो बढेको देखिन्छ।

सुनको मूल्य निरन्तर उकालो लागेपछि काठमाडौंको नयाँ सडक क्षेत्रका सुनचाँदी पसलमा आज चहलपहल देखिएको छ ।


Published :माघ १२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media