गाली बेइज्जती आरोपमा युवराज सफल पक्राउ

काठमाडौं । प्रहरीले युवराज सफल भनिने युवराज पौडेललाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा मंगलबार  जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो।

महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न किसिमका नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने कार्य गरेको भनी बनाएका भिडियो र दिएका अन्तर्वार्तामा झुटा आरोप लगाइएको भन्दै पक्राउ गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

पौडेललाई तीन दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


Published :माघ १३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media