सुनको भाउ एकैदिन २० हजार ५ सय बढ्यो, तोलामा ३ लाख ४० हजार नजिक

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेको छ। आज सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

यसअघि बुधबार सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। बुधबार चाँदीको भाउ २ सय ५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको छ। मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।


Published :माघ १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media