प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल माघ १८ गते जापान भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

त्यस्तै बैठकले २०८२ फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको प्रवक्ता अर्यालले बताए। मन्त्रिपरिषद्ले नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समिति- २०८२ ले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।


Published :माघ १५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media