संसदमा मधेशी समुदायको विरोध गर्ने रास्वपालाई मधेशले परास्त गर्ने सिके राउतको दाबी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै २१ सिट जितेर के उपलब्धि हासिल गरियो भन्ने विषयमा जनताले गम्भीर मूल्यांकन गर्नुपर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उनले रास्वपाप्रति कडा टिप्पणी गरेका हुन् ।

डा. राउतले “नयाँ पार्टी रे, अब गर्ने रे ! ठग्ने पनि हद हुन्छ,” भन्दै व्यंग्य गरेका छन् ।  उनले प्रश्न गर्दै भनेका छन्, “पहिला २१ सिट जितेर के गरे ? त्यसको मूल्यांकन पहिला जनताले गर्नुपर्छ ।”

उgका अनुसार जनमत पार्टीले संसदमा मधेशी, मुस्लिम, दलित लगायत समुदायका अधिकार सुनिश्चित गर्न नागरिकता विधेयक ल्याइरहँदा रास्वपाले सदन अवरुद्ध गर्दै विरोध गर्दै आएको थियो । साथै रास्वपाको केन्द्रीय समिति र संसदीय दलबाट संघीयता खारेज हुनुपर्छ भन्ने निर्णय पारित गरिएको दाबी पनि उनले गरेका छन् ।

डा. राउतले मधेशी समुदायलाई भारतीयको रूपमा हेर्ने, नागरिकता नदिनु पर्ने र अधिकार दिनु हुँदैन भन्ने मानसिकता राख्ने शक्तिहरूलाई मधेशले परास्त गर्ने स्पष्ट दाबीसमेत  गरे ।


Published :माघ १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media