आज सुनको भाउ स्वाट्टै घट्यो

काठमाडौं । नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनको भाउ केही दिनदेखि घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख रुपैयाँ कायम छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार सुनको भाउ प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १५ सय ६५ रुपैयाँले घटेर ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको भाउ तोलामा ७ हजार ६५ रुपैयाँ थियो ।


Published :माघ १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media