नेप्सेमा दोहोरो अंकको वृद्धि, ११ अर्बमाथिको कारोबार

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा उक्लिएको छ।  परिसूचक उच्च अंकले बढ्दा कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ। बुधबार  ७ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा यसदिन ११ अर्ब बढीको कारोबार भयो।

आज ३२६ स्क्रिप्सको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० रुपैयाँमा खरिदबिक्री भए। तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कालिञ्चोक दर्शन,सुपर माइ हाइड्रोपावर र मोदी इनर्जीको सेयर १० प्रतिशतले बढ्यो। यस्तै राधी पावर र कालिञ्चोक हाइड्रोपावरको सेयर ९ प्रतिशत बढीले वृद्धि भयो।

यसदिन सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले गुमाए। सो कम्पनीको सेयर ९.९८ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्षस्थानमा रह्यो। उक्त कम्पनीको ५८ करोड ७७ लाख मूल्य बराबरको सेयर कारोबार भयो। राधी विद्युतले ५७ करोडको सेयर कारोबार गर्दा एसवाइ प्यानल नेपालले ५३ करोड,आँखु खोला जलविद्युतले ४० करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ३८ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

ट्रेडिङ समूहबाहेक अरु समूहको उपसूचक सकारात्मक देखिए। हाइड्रोपावर,इन्भेस्टमेन्ट बैंक,लाइफ इन्स्योरेन्स,नन लाइफ इन्स्योरेन्स र अदर्श समूहको उपसूचक १ प्रतिशत भन्दा बढीले वृद्धि भयो।


Published :माघ २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media