
काठमाडौं । सेयर बजार आज ८.१६ अंकले घटेको छ । नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ विन्दुमा अडिएको हो।
यसदिन ३३५ स्क्रिप्सको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर ७ अर्ब ९४ करोड २७ लाख ६० हजार २२० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १६३ वटाको घट्यो। बाँकी ९ वटा स्टक्सको मूल्य स्थिर रह्यो।
आज तीनवटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भयो। बुद्धभूमि नेपाल, रिलायन्स स्पाइनिङ र साल्पा विकास बैंकको सेयर सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा रिदी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६५ करोड ३ लाख २२ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ।