नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, ५ अर्ब ६४ करोडको कारोबार

राष्ट्रपाटी न्युज

फाल्गुन १७, २०८२

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ३.२२ अंकले बढेर ४५९.७३ विन्दुमा अडिएको छ।

यसदिन ३४१ वटा स्क्रिप्सको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले बढेको सेयर बजारमा दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। साल्पा विकास बैंक र रियलायन्स स्पिनिङ मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

बराही हाइड्रोपावर पब्लिकको सेयर ६.७४ अंकले बढ्दा एनआईबीएल ग्रोथ फण्डको ६ प्रतिशत र गुडविल फाइनान्सको ३.६२ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३६ करोड मूल्य बराबरको सेयर कारोबार भयो। अपी पावरले ३३ करोडको सेयर कारोबार गर्दा मञ्जुश्री फाइनान्सको २८ करोड सेयर कारोबार हुँदा आँखु खोला जलविद्युतले २६ करोड र एसवाइ प्यानल नेपालले २२ करोडको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये १८७ वटा स्टक्सको मूल्य बढ्दा ६४ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने यसदिन स्थिर रह्यो। १३ वटै समूहको उपसूचक सकारात्मक देखिए।  फाइनान्स समूहको उपसूचक सर्वाधिक २.२२ प्रतिशतले बढ्यो।


Published :फाल्गुन १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media