इरानमाथि अमेरिकी हमला अवैध र अन्तर्राष्ट्रिय कानुनविपरीतः चीन

राष्ट्रपाटी न्युज

फाल्गुन १९, २०८२

काठमाडौं । चीनले इरानमाथि संयुक्त राज्य अमेरिका र इजरायलले गरेको सैन्य आक्रमण अवैध र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको भन्दै तत्काल कारबाही रोक्न अपिल गरेको छ।

इरानमाथिको आक्रमणले मध्यपूर्वमा युद्ध थप फैलिने चिन्ता बेइजिङले व्यक्त गरेको छ।

नियाँ विदेशमन्त्री वाङ यी र इरानका समकक्षी अब्बास अरागचीबीच भएको टेलिफोन वार्तापछि सार्वजनिक वक्तव्यमा चीनले इरानको वैध र कानुनी अधिकारको समर्थन गर्ने स्पष्ट पारेको छ।

चीनले इरानसँगको पुरानो सम्बन्धलाई महत्त्व दिँदै इरानको सम्प्रभुता, क्षेत्रीय अखण्डता, सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्ने कुरामा समर्थन जनाउने जनाएको छ।


Published :फाल्गुन १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media