भक्तपुर २ मा रास्वपाका राजीव खत्री निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

काठमाडौं । भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री निर्वाचित भएका छन्  ।

खत्रीले ३४,७०२ मत प्राप्त गर्दै जित हासिल गरे। यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार बस्नेतले ८,३५१ मत प्राप्त गरे । नेपाली कांग्रेसका कविर राणाले ७,३२१ मत पाएका छन्।

नेपाल मजदुर किसान पार्टीका रमेश वैद्यले २,९४१ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटाले १,११४ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम थापाले ९०१ मत, श्रम संस्कृति पार्टीका अर्जुन बासुले ५९३ मत र उज्यालो नेपाल पार्टीका जितराम लामाले ३३६ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार आनन्द कार्कीले १३७ मत पाउँदा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रकाशराज ढुङ्गेलले ३८ मत र स्वतन्त्र उम्मेदवार साजन ढकालले ३३ मत प्राप्त गरेका छन्।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media