रुपन्देही ३ मा रास्वपाका लेखजंग थापा ५० हजार बढी मतान्तरले निर्वाचित

राष्ट्रपाटी न्युज

फाल्गुन २३, २०८२

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा निकटतम उम्मेदवार भन्दा ५० हजार बढी मत सहित विजयी भएका छन् ।

थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी भएका हुन् । ३६ जना उम्मेदवार रहेकामा थापा ५० हजार ३ सय ८९ मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४ सय ३५ मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत ल्याएका छन् ।


Published :फाल्गुन २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media