नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि, १४ अर्बमाथिको कारोबार

राष्ट्रपाटी न्युज

चैत्र १, २०८२

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० विन्दुमा पुगेको छ। नेप्से परिसूचक सामान्य अंकले बढेपनि  १४ अर्बमाथिको सेयर कारोबार भयो।

यसदिन ३५० वटा स्क्रिप्सको १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भए। सोलु हाइड्रोपावर र सलपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। होटल फोरेष्टको सेयर ९.९३ प्रतिशतले बढ्दा ग्रीन लाइफ हाइड्रोपावरको सेयर ९.५३ प्रतिशतले बढ्दा अभियान लघुवित्त वित्तीय संस्थाको ५.३१ प्रतिशतले बढ्यो।

धर्मखोला हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। उक्त कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा ग्रीन लाइफ हाइड्रोपावर शीर्षस्थानमा रह्यो। उक्त कम्पनीले ८१ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। रिडी पावरले ६७ करोडको सेयर कारोबार गर्दा नेसनल हाइड्रोपावरले ६२ करोडको कारोबार गर्यो।

हिमालयन दोलखा हाइड्रोपावरले ५५ करोडको कारोबार गर्दा राधी विद्युतले ४५ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो। कारोबारमा आएकामध्ये १२४ वटा स्टक्सको मूल्य बढ्दा १३० वटाको  घट्यो। ९ वटा स्टक्सको मूल्य भने स्थिर रहयो।

चारवटाबाहेक बाँकी समूहको उपसूचक सकारात्मक देखिए। होटल्स एण्ड टुरिजम, इन्भेष्टमेन्ट  लाइफ इन्स्योरेन्स र म्युचुअल फण्डबाहेक अरु सबै समूहको उपसूचक बढे। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २.८३ प्रतिशतले बढ्यो।


Published :चैत्र १, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media