रास्वपाले नवनिर्वाचित सांसदहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम गर्ने

राष्ट्रपाटी न्युज

चैत्र २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। चैत ३ र ४ गते प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नवनियुक्त सांसदहरूलाई संसदीय अभ्यासमा सहजता प्रदान गर्नका निम्ति अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुनेछ। अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध गरिएको रास्वपाले जनाएको छ।

फागुन २१ गतेको निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट जितेको छ।


Published :चैत्र २, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media