सुनको मूल्यमा ७,८०० रुपैयाँले गिरावट

राष्ट्रपाटी न्युज

चैत्र ६, २०८२

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७,८०० रुपैयाँ घटेर २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको छ। हिजो पनि ५,४०० रुपैयाँ घटेर ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको थियो भने बुधबार २,२०० रुपैयाँ घटेको थियो। यससँगै तीन दिनमै सुनको मूल्य कुल १५,४०० रुपैयाँले घटिसकेको छ।

यसअघि माघ १५ गते भने सुनको मूल्य एकैदिन २०,५०० रुपैयाँ बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

यस्तै, चाँदीको मूल्य पनि घट्दो क्रममा छ। आज चाँदी तोलामा ११५ रुपैयाँ घटेर ४,८९५ रुपैयाँमा झरेको छ। हिजो १४० रुपैयाँ र बुधबार १८५ रुपैयाँले घटेको थियो।

माघ १८ गते चाँदीको मूल्य एकैदिन १,५६५ रुपैयाँ घटेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट हो। यसअघि माघ १५ गते चाँदीको भाउ ७,५०५ रुपैयाँ पुगेर उच्च विन्दुमा पुगेको थियो।


Published :चैत्र ६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media