पोखरा विमानस्थल भ्रष्टाचारमा पूर्वसचिवसहित २१ जनाविरुद्ध मुद्दा, ४६ करोड १५ लाख बिगो दाबी

राष्ट्रपाटी न्युज

चैत्र ८, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै पूर्व सचिवसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारी समेत २१ जना, ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ  कम्पनी लिमिटेडविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ४६ करोड १५ लाख ८४ हजार ४२४ रुपैयाँ विगो दावीसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति गर्दा भ्रष्टाचार भएको भन्ने समेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धानपछि अनियमितता ठहर गर्दै मुद्दा दायर गरेको जनाएको छ।

प्राधिकरणका उच्च अधिकारीहरूले उक्त बजेटबाट खर्च नगरी, राज्यलाई थप भार पर्ने गरी प्राधिकरणको छुट्टै आन्तरिक स्रोतबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रूपैयाँको लागत अनुमान स्वीकृत गराई दोहोरो खर्च गराएको देखिएको मुद्दा पत्रमा उल्लेख छ ।


Published :चैत्र ८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media