नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम १५ अर्ब ७८ करोड

राष्ट्रपाटी न्युज

चैत्र ९, २०८२

काठमाडौं । नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको छ । अघिल्लो दिन आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेको थियो । सो दिन २३ अर्ब माथिको सेयर कारोबार भएको थियो ।

यस दिन ३४२ वटा स्क्रिप्सको  ३ करोड ८० लाख  ७३ हजार ९४५ कित्ता सेयर १५ अर्ब ७८ करोड  ६३ लाख  १३ हजार  ४४० रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएकामध्ये १०२ वटा स्टक्सको मूल्य बढ्दा १५४ वटाको घट्यो । ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। सेयर बजार सामान्य अंकले बढेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

सालपा विकास बैंक,रिलायन्स स्पिनिङ मिल्स,सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ६७ करोड २३ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।

शिवम् सिमेन्टको ६० करोड, नेसनल हाइड्रोपावरको ५७ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ५४ करोड र नगदी ग्रुसपको ५४ करोड मूल्य बराबरको सेयर कारोबार भयो। सातवटा समूहको उपसूचक बढ्दा बाँकी ६ समूहको उपसूचक नकारात्मक देखिए ।


Published :चैत्र ९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media