सेयर बजारमा १९.७० अंकको वृद्धि, कारोबार रकम ११ अर्ब ११ करोड माथि

राष्ट्रपाटी न्युज

चैत्र १७, २०८२

काठमाडौं । लगातार दुई दिनसम्म घटेको सेयर बजार आज भने दोहोरो अंकले बढेको छ । आज १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा अडिएको छ।

यसदिन ३३९ वटा स्क्रिप्सको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँमा खरिदबिक्री भए।

यसदिन ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रो, रिज लाइन इनर्जी, होटल फोरेस्ट, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर १० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा रिडी पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीले ४८ करोड मूल्य बराबरको सेयर कारोबार गर्‍यो।

कारोबारमा आएकामध्ये १९५ वटा स्टक्सको मूल्य बढ्दा ६३ वटाको घट्यो। ९ स्टकको मूल्य भने स्थिर रह्यो। आज १३ मध्ये ११ समूहको उपसूचक सकारात्मक देखिए ।


Published :चैत्र १७, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media