इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

राष्ट्रपाटी न्युज

चैत्र १९, २०८२

काठमाडौँ । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार तटीय सहर सुलाबेसी टापुको उत्तरपूर्वी किनारमा केन्द्रबिन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पपछि सुनामीको सानो लहर देखिए पनि पछि चेतावनी हटाइएको छ। भूकम्पपछिको क्षतिको विवरण भने आइसकेको छैन ।

टर्नेट र टिडोरे जस्ता सहरका स्थानीय अधिकारीले नागरिकलाई सुरक्षित स्थानमा सार्ने तयारी गर्न आग्रह गरिएको थियो। यसैबीच, मेट्रो टिभीले भूकम्पबाट क्षतिग्रस्त भएका भवनका दृश्यहरू प्रसारण गरेको छ।

उत्तर सुलावेसी प्रान्तको मानाडो सहरमा एउटा भवन भत्किँदा एक जनाको मृत्यु भएको छ। स्थानीय खोज तथा उद्धार अधिकारी जोर्ज लियो मर्सी रान्डाङले समाचार एजेन्सी एएफपीलाई टेलिफोनमार्फत दिएको जानकारी अनुसार मानाडो आसपास भूकम्पको कडा धक्का महसुस गरिएको थियो।

इन्डोनेसियाको भूगर्भ निकायका अनुसार भूकम्प गएको आधा घण्टाभित्रै उत्तर सुलावेसी टापुको उत्तर मिनाहासामा ७५ सेन्टिमिटर र बिटुङमा २० सेन्टिमिटरसम्मका लहर रेकर्ड गरिएका छन् । (एजेन्सी)


Published :चैत्र १९, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media