‘स्ट्रेट अफ हर्मुज’ खोल्ने सम्झौता गर्न इरानलाई ट्र्म्पको ४८ घण्टे अल्टिमेटम

राष्ट्रपाटी न्युज

चैत्र २२, २०८२

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका लागि महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने सम्झौता गर्न ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन् ।

ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल नेटवर्क’मा लेखेका छन्, ‘स्मरण गरियोस् । मैले इरानलाई सम्झौता गर्न वा हर्मुज स्ट्रेट खोल्न दस दिनको समय दिएको थिएँ ।समय बित्दै गइरहेको छ । दुश्चक्रले उनीहरूमाथि शासन गर्न अब केबल ४८ घण्टा मात्र बाँकी छ।’

राष्ट्रपति ट्रम्पले चेतावनीको सुरुमा अर्थात् मार्च २१ मा यदि इरानले ४८ घण्टाभित्र बिना कुनै खतरा महत्वपूर्ण जलमार्ग ‘हर्मुज घाँटी’ पूर्ण रूपमा खुला गरेन भने इरानको सबैभन्दा ठूलो ऊर्जा प्लान्टलाई ‘नष्ट गर्ने’ चेतावनी दिएका थिए ।

दुई दिनपछि उनले इरानी अधिकारीहरूसँग ‘धेरै राम्रो र फलदायी कुराकानी’ भइरहेको र पावर प्लान्टहरूमा कुनै पनि आक्रमण आगामी पाँच दिनका लागि स्थगित गरेको बताएका थिए ।

उनले फेरि म्याद थप्दै यसलाई १० दिन बनाएका थिए । उक्त १९ दिनको समयसिमा अमेरिकी समयअनुसार सोमबार बेलुका ८ः०० बजे समाप्त हुनेछ । नागरिक ऊर्जा पूर्वाधारमा आक्रमण युद्ध अपराध हुन सक्ने विज्ञहरूले बताएका छन् । (एजेन्सी)


Published :चैत्र २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media