नेप्सेमा ८३ अंकको उछाल, १० अर्ब ९२ करोडको कारोबार

राष्ट्रपाटी न्युज

चैत्र २३, २०८२

काठमाडौं । सोमबार सेयर बजारमा उछाल देखिएको छ। नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा उक्लिएको छ।अघिल्लो दिन आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा झरेको थियो। सो दिन १२ अर्ब ३८ करोड मूल्य बराबरको कारोबार भएको थियो।

यसदिन नेप्से उच्च अंकले बढे पनि कारोबार रकममा भने आइतबारको तुलनामा कमी आएको छ। ३४५ वटा स्क्रिप्सको २ करोड ५१ लाख  ५५ हजार ८५४ कित्ता सेयर १० अर्ब ९२ करोड ८५ लाख  ६ हजार  ८६३ रुपैयाँमा खरिदबिक्री भए।

८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।  अपर लघुवित्त वित्तीय संस्था,भुजुङ्ग हाइड्रोपावर,रिडी पावर,नेसनल हाइड्रोपावर,सुपर खुडी हाइड्रोपावर,रिड्ज लाइन इनर्जी,सूर्यमूखी हाइड्रो इलेक्ट्रिक र होटल फरेस्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो।  सो कम्पनीको १ अर्ब १३ करोड ५८ लाख ५८ हजार १५४ रुपैयाँमा खरिदबिक्री भए।

हिमालयन रिइन्स्योरेन्सले ५४ करोडको कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले ४८ करोड,अपी पावरले ३१ करोड र रिडी पावरले ३० करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएकामध्ये २६४ वटा स्टक्सको मूल्य बढ्दा ३ वटाको मात्रै घट्यो। बाँकी १ स्टकको मूल्य भने यसदिन स्थिर रह्यो। यसदिन १३ वटै समूहमा हरियाली छाएको छ। फाइनान्स,हाइड्रोपावर समूहको उपसूचक ४/४ प्रतिशत बढीले वृद्धि भयो ।


Published :चैत्र २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media