एमालेकी लीलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

राष्ट्रपाटी न्युज

चैत्र २३, २०८२

काठमाडौँ । नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएपछि भण्डारी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भण्डारी सत्तारूढ तथा प्रमुख प्रतिपक्षसहित नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरूको सहमतिमा निर्विरोध निर्वाचित भएकी हुन्।

संविधानसभा सदस्यसमेत रहेकी भण्डारीले यसअघि शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी छन्।


Published :चैत्र २३, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media