नेप्से परिसूचक र कारोबार रकम दुवैमा करेक्सन

राष्ट्रपाटी न्युज

चैत्र २४, २०८२

काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य कर‍ेक्सन आएको छ । अघिल्लो दिन ८३.३३ अंकले बढेको नेप्से परिसूचक यसदिन २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेको हो।  नेप्से घटेसँगै कारोबार रकममा पनि सोमबारको तुलनामा कमी आएको  छ ।

यसदिन ३४५ वटा स्क्रिप्सको १ करोड ७४ लाख ६ हजार ६१६ कित्ता सेयर ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार  १५० रुपैयाँमा खरिदबिक्री भए। सोमबार १० अर्ब ९२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

दिनभर उतारचढाव रहेकक बजारमा पाँचवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। भुजुङ्ग हाइड्रोपावर,सुपर खुडी हाइड्रोपावर,स्वेत गंगा हाइड्रोपावर,रिड्ज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

कारोबारमा आएकामध्ये ८२ वटा स्टक्सको मूल्य बढ्दा १७५ वटाको घट्यो।  १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। चारवटा समूहको उपसूचक बढ्दा नौवटाको नकारात्मक देखिए ।


Published :चैत्र २४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media