सार्वजनिक यातायातको भाडा २२ प्रतिशतसम्म वृद्धि

राष्ट्रपाटी न्युज

चैत्र २५, २०८२

काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले नयाँ भाडादर लागू गरेको हो।

विभागका सूचना अधिकारी गणेशमान राईका अनुसार वैज्ञानिक प्रणालीका आधारमा भाडा समायोजन गरिएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपालमा पनि इन्धनको मूल्य वृद्धि भएपछि यातायात व्यवसायीले भाडा बढाउन माग गर्दै आएका थिए।

नयाँ समायोजनअनुसार यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत भाडा वृद्धि गरिएको छ। त्यसैगरी, मालवाहक सवारीमा तराई क्षेत्रमा १५.७५ प्रतिशत र पहाडी क्षेत्रमा २१.६८ प्रतिशतसम्म भाडा बढाइएको विभागले जनाएको छ।


Published :चैत्र २५, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media