नेप्सेमा ४८.७१ अंकको हरियाली, ९ अर्ब माथिको कारोबार

राष्ट्रपाटी न्युज

चैत्र २६, २०८२

काठमाडौं । बिहीबार सेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ विन्दुमा उक्लिएको हो। अघिल्लो दिन नेप्से परिसूचक  ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेको थियो।

नेप्से वृद्धि भएसँगै कारोबार रकममा सुधार देखिएको छ। बुधबार ८ अर्ब ३१ करोड बराबरको सेयर कारोबार भएकोमा आज ९ अर्ब माथिको कारोबार भएको छ।

यसदिन ३३८ वटा स्क्रिप्सको २ करोड ७९  लाख ३१ हजार ७७० कित्ता सेयर ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २५१ वटा स्टक्सको मूल्य बढ्दा १६ वटाको मात्रै घट्यो। १ स्टकको मूल्य भने स्थिर रह्यो।

नेप्से परिसूचक उच्च अंकले बढ्दा ८ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था,रिलायन्स स्पिनिङ्ग मिल्स,भुजुङ्ग हाइड्रोपावर,रिड्ज लाइन इनर्जी,सोलु हाइड्रोपावर,होटल फोरेस्ट,सुपर खुडी हाइड्रोपावर र सूर्यमुखी हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यसदिन अदर्श समूहको उपसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढ्यो। होटल्स एण्ड टुरिजम,हाइड्रोपावर र मनु एण्ड प्रो समूहको उपसूचक २ प्रतिशत भन्दा बढीले वृद्धि भयो।


Published :चैत्र २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media