महराविरुद्ध भ्रष्टाचार मुद्दा, ७ करोड ७८ लाख बिगो दाबी

राष्ट्रपाटी न्युज

चैत्र २६, २०८२

काठमाडौं । कृष्णबहादुर महरा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरिएको अभियोगमा महरासहित उनका छोरा राहुल, सहसचिव अरुण पोखरेल र चार जना विदेशी नागरिकविरुद्ध विशेष अदालतमा मुद्दा लगिएको हो।

आयोगले उक्त प्रकरणमा ७ करोड ७८ लाख रुपैयाँ बिगो दाबी गरेको छ। अनुसन्धानका क्रममा महरा र चिनियाँ नागरिकबीचको सम्बन्ध तथा कारोबार खुलेपछि मुद्दा दायर गर्ने निर्णय गरिएको जनाइएको छ।

२०७९ सालमा भेपको आवरणमा सुन भित्र्याउने प्रयास गर्दा भन्सारले चिनियाँ गिरोहलाई पक्राउ गरेको थियो। त्यसपछि गरिएको विस्तृत अनुसन्धानमा महरा र उनका छोरा लगायतको संलग्नता देखिएको अख्तियारले जनाएको छ।


Published :चैत्र २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media