भृकुटीमण्डपमा भाडा नतिर्ने रिपोटर्स क्लबलगायत २० संघ-संस्थामा ताला

राष्ट्रपाटी न्युज

चैत्र ३०, २०८२

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डप परिसरभित्र रहेका २० वटा संघ–संस्था तथा व्यवसायिक कबलमा भाडा नतिरेको भन्दै ताला लगाएको छ ।
परिषद्का अनुसार लामो समयदेखि भाडा नतिर्ने कारणले कुल ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता रकम उठ्न बाँकी रहेको छ। सोही बक्यौता असुली गर्ने उद्देश्यले परिषद्ले कडाइ गर्दै तालाबन्दी गरेको जनाएको छ।
ताला लगाइएका संस्थामध्ये अनेरास्ववियु र रिपोटर्स क्लव नेपाल लगायतका संघ–संस्था रहेका छन्, जसले लामो समयदेखि भाडा तिरेको पाइएको छैन।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि परिषद्ले उक्त कदम चालेको हो। परिषद्ले अब बाँकी बक्यौता असुली प्रक्रिया थप कडाइका साथ अघि बढाइने जनाएको छ।
परिसरभित्र सरकारी स्वामित्वका संरचना उपयोग गर्दै लामो समयदेखि भाडा नतिर्ने प्रवृत्ति बढ्दै गएपछि यस्तो कारबाही गरिएको परिषद्को भनाइ छ ।


Published :चैत्र ३०, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media