प्रधानमन्त्री बालेन्द्रले संस्कृतमा दिए नयाँ वर्ष २०८३ को शुभकामना

राष्ट्रपाटी न्युज

बैशाख १, २०८३

काठमाडौँ ।प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद अवसरमा समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । मंगलबार नयाँ वर्षको शुभारम्भको अवसरमा सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गरेका हुन्।

प्रधानमन्त्री शाहले आफ्नो शुभकामना सन्देशमा संस्कृत श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥’ उद्धृत गर्दै संसारका सबै प्राणीको सुख र निरोगिताको प्रार्थना गरेका छन् । उनले भनेका छन्, “हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् । सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् ।”

नयाँ वर्षले नेपाली समाजमा सकारात्मक ऊर्जा र आपसी सद्भाव थप प्रगाढ बनाउने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् । उनले आफ्नो सन्देशमार्फत समृद्ध नेपाल निर्माणका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको समेत उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई नयाँ वर्षको शुभकामना दिएका हुन् ।


Published :बैशाख १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media