नयाँ वर्षले समृद्ध नेपाल निर्माणमा भूमिका खेलोस्: ओली

राष्ट्रपाटी न्युज

बैशाख १, २०८३

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् भन्ने कामना गरेका छन् । नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै उनले इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपाल निर्माणमा भूमिका खेलोस् भन्नेमा जोड दिएका हुन्।

उनले सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि – २०८२ अब इतिहास भएको टिप्पणी गरे। ‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि –  २०८२ अब इतिहास  भयो।’’ शुभकामना दिँदै उनले भनेका छन्, ‘‘इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् । नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना !’’


Published :बैशाख १, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media