रास्वपाका मन्त्रीले १८ हजार र सांसदले १६ हजार ५ सय लेबी तिर्नुपर्ने

राष्ट्रपाटी न्युज

बैशाख ३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री र सांसदहरूका लागि लेबी निर्धारण गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदबाट मासिक लेबी उठाउने प्रस्ताव पारित गरेको प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
निर्णयअनुसार सांसदहरूले १६ हजार ५ सय रुपैयाँ र मन्त्रीहरूले १८ हजार रुपैयाँ लेबी तिर्नुपर्नेछ।
यस्तै, मन्त्रीका स्वकीय सचिवका लागि २ हजार रुपैयाँ लेबी तोकिएको छ। भविष्यमा सांसदहरूले पनि स्वकीय राख्न पाउने व्यवस्था भएमा उनीहरूका स्वकीयका लागि समेत २ हजार रुपैयाँ लेबी लाग्ने व्यवस्था गरिएको बुर्लाकोटीले बताए।
यस निर्णयसँगै रास्वपाले पार्टी सञ्चालनका लागि आफ्ना जनप्रतिनिधिबाट नियमित आर्थिक योगदान संकलन गर्ने नीति स्पष्ट गरेको छ ।


Published :बैशाख ३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media