भारतमा मिनिबस दुर्घटना हुँदा १० जनाको मृत्यु

राष्ट्रपाटी न्युज

बैशाख ५, २०८३

नयाँ दिल्ली । दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा  खसेर मिनिबस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अरू केही यात्री घाइते भएका अल इन्डिया रेडियो (एआईआर)ले जनाएको छ ।

छिमेकी राज्य केरलबाट तमिलनाडुमा घुम्नका निम्ति आएका मानिस सवार मिनिबस दुर्घटना भएको जनाइएको छ । आकाशवाणीका अनुसार, दुर्घटना हुँदा गाडीमा केरलका १६ यात्रु सवार थिए ।

दुर्घटनाको कारण हालसम्म थाहा हुन नसकेको उल्लेख गर्दै प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालिसकेकोे जनाएको छ । (रासस/सिन्ह्वा)


Published :बैशाख ५, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media