प्रतिनिधिसभा वैठक स्थगित, प्रधानमन्त्री उपस्थित हुनुपर्ने विपक्षीको माग

राष्ट्रपाटी न्युज

बैशाख ३०, २०८३

काठमाडौं । प्रतिनिधिसभाको आजको वैठक स्थगित भएको छ । विपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दिनुपर्ने अडान कायमै राखेपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले भोलि फेरि बस्ने गरी वैठक स्थगित गरेका हुन्।

विपक्षी दलको अवरोधपछि सभामुख डीपी अर्यालले बिहीबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सांसदहरूको प्रश्नोत्तर हुने सभामुखले जानकारी दिएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा प्रधानमन्त्री शाहको उपस्थिति हुनुपर्ने मागसहित विपक्षीले आज तीन पटकसम्म बसेको बैठक अवरुद्ध गरेका थिए ।

बिपक्षीको अवरोधपछि सभामुख अर्यालले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिएका थिए । उनले सरकारको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तुत गर्न, छलफलमा भाग लिन र जवाफ दिनका लागि बैंशाख ३१ गतेको दिन तोक्दै बैठक स्थगित भएको घोषणा गरेका हुन्। प्रतिनिधिसभाको अर्को बैठक बैंशाख ३१ गते बिहीबार बिहान ११ बजे बोलाइएको छ ।


Published :बैशाख ३०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media