रास्वपा केन्द्रीय सदस्यको उम्मेदवारी दिए डि एन महतोले

राष्ट्रपाटी न्युज

असार १०, २०८३

चितवन  । राष्ट्रीय स्वतन्त्र पार्टी केन्द्रीय शिक्षा विभाग सदस्य देवनारायण महत्तोले मधेशी क्लस्टरबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कालदेखि नै पार्टी निर्माण, संगठन विस्तार र शिक्षाक्षेत्रको सुधारमा सक्रिय रूपमा योगदान गर्दै आएको बताउदै उनले   केन्द्रीय सदस्य (मधेसी क्लस्टर) पदका लागि उम्मेदवार बनेको जानकारी दिएका छन् ।
महाधिवेशनको व्यस्तता, समय र परिस्थितिका कारण सम्भवतः सबैसँग व्यक्तिगत रूपमा भेटघाट गर्न वा फोनमार्फत संवाद गर्न नसकेको हुन सक्छु। तर मलाई पूर्ण विश्वास छ कि मेरो कार्यशैली, समर्पण र योगदानलाई चिन्ने सम्पूर्ण साथीहरू, नेतागण तथा प्रतिनिधिहरूले आ-आफ्नो ठाउँबाट साथ, सहयोग र विश्वास प्रदान गर्नुहुनेछ ।  सक्षम नेतृत्व, स्पष्ट दृष्टिकोण, शिक्षाक्षेत्रको अनुभव, संगठन निर्माणको क्षमता र परिणाममुखी कार्यशैली लाई आधार बनाएर पार्टीलाई अझ सशक्त बनाउने मेरो प्रतिबद्धता छ – उनले आफ्नो सामाजिक सन्जाल फेसबुकमा  उल्लेख गरेका छन्  ।


Published :असार १०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media