मंगलबारसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षाको सम्भावना

राष्ट्रपाटी न्युज

असार १४, २०८३

काठमाडौं । आजदेखि आउँदो मंगलबारसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज उक्त जानकारी दिएको हो।

विभागका अनुसार आइतबार कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

विभागले सोमबार कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मधेश, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।


Published :असार १४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media