प्रधानमन्त्रीले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, कुनमा को ?

राष्ट्रपाटी न्युज

असार १९, २०८३

काठमाडौं । प्रधानमन्त्री तथा विभिन्न विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले देशका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापालाई नियुक्त गरेका हुन् । उनी काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति तथा इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि र ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो अनुभव भएका प्राध्यापक हुन् ।

यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजनबाबु मरहट्टा नियुक्त भएका छन् ।

उपकुलपति छनोट तथा सिफारिस समितिले सर्टलिस्टमा परेका तीन–तीन जना उम्मेदवारमध्येबाट प्रधानमन्त्री तथा कुलपति शाहले उपकुलपति नियुक्त गरेका हुन् ।


Published :असार १९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media