फिफा विश्वकपः इजिप्टलाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

राष्ट्रपाटी न्युज

असार २४, २०८३

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा साविक विजेता अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै इजिप्टलाई ३–२ले पराजित गरेको छ।

अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा पहिलो हाफमा १–० ले पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा तीन गोल गर्दै प्रभावशाली जित दर्ता गरेको हो।

खेलको १५औँ मिनेटमा इजिप्टका यासर इब्राहिमले मारवान अटियाको कर्नर क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

अर्जेन्टिनाले २१औँ मिनेटमा बराबरी गर्ने सुनौलो अवसर पाए पनि कप्तान लियोनल मेस्सीको पेनाल्टी प्रहार इजिप्टका गोलरक्षक मोस्तफा शोबिरले उत्कृष्ट बचाउ गरेका थिए। त्यसपछि पनि अर्जेन्टिनाले लगातार आक्रमण गरे पनि शोबिरले पहिलो हाफभर उत्कृष्ट प्रदर्शन गर्दै इजिप्टको अग्रता कायम राखेका थिए।

तर दोस्रो हाफमा अर्जेन्टिनाले खेलमा पूर्ण नियन्त्रण जमाउँदै लगातार तीन गोल गर्‍यो र ३–२ को जित निकाल्यो। यससँगै साविक विजेता अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

अब अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।


Published :असार २४, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media