बझाङको केदारस्यूँमा जीप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

राष्ट्रपाटी न्युज

असार २७, २०८३

काठमाडौं । बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

सडकबाट अनियन्त्रित भई जीप करिब ३०० मिटर तल खसरे दुर्घटना भएको हो । भौगोलिक विकटताका कारण घटनास्थलमा हेलिकप्टर पठाइएको छ । घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ।


Published :असार २७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media