मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु

राष्ट्रपाटी न्युज

कार्तिक १२, २०७९

काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका-१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान-१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरीले जनाएको छ ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनजना गम्भीर घाईते भएका थिए ।

गम्भीर घाइते भएका तीनैजनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Published :कार्तिक १२, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media