राष्ट्रपति भण्डारीले गर्नुभयो मुक्तिनाथ मन्दिरको दर्शन

राष्ट्रपाटी न्युज

कार्तिक १८, २०७९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।

शुक्रवार बिहान मन्दिर परिसरमा निर्माण भएको बुद्धको मूर्तिको अनावरण गर्न मुक्तिनाथ क्षेत्र पुग्नुभएसँगै उहाँले मन्दिरको दर्शन गर्नुभएको हो ।

मन्दिरको दर्शनसँगै उहाँले निर्माण सम्पन्न भएको ३५ फिट अग्लो बुद्धको मूर्ति अनावरण गर्नुहुने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर क्षेत्रमा निर्माण गरिने ३५ फिट उचाइको भगवान विष्णुको मूर्तिको आज नै शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।


Published :कार्तिक १८, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media