राष्ट्रिय नागरिक पार्टीका केन्द्रीय सदस्य प्रदिप मैनालीको डा. भट्टराईलाई समर्थन

राष्ट्रपाटी न्युज

कार्तिक २३, २०७९

काठमाडौं। आगामी मङ्सिर ४ गते हुन गैरहेको निर्वाचनमा चर्चाको केन्द्रमा रहेको काठमाडौं क्षेत्र नम्बर ४ मा राजनीतिक ज्वरो बढ्दै गएको छ। नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराई तथा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाका बीच मुख्य रुपमा प्रतिष्पर्धा हुने यो क्षेत्रमा केहि स्वतन्त्र उम्मेदवारहरु समेत रहेका छन्।

यसै बीच राष्ट्रिय नागरिक पार्टीका केन्द्रीय सदस्य प्रदिप मैनालीले काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराईलाइ समर्थन गर्ने निर्णय गरेका छन् । क्षेत्र नम्बर ४ को विकास निर्माण तथा परिवर्तनमा डा भट्टराईले ठुलो योगदान पुर्याएको र बिकासबादी नेताको छबि बनाएको भन्दै उनले यो पटक भट्टराई र उनको टिमलाइ सहयोग गर्न सबैलाइ अपिल समेत गरेका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ मा डा.राजन भट्टराईलाई जिताएरै छाड्ने बाचा कसम खाएर आफू लागेको समेत उनको भनाइ छ।


Published :कार्तिक २३, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media