थप ५५ जनामा कोरोना संक्रमण, ३९६ जना सक्रिय संक्रमित

राष्ट्रपाटी न्युज

चैत्र २६, २०७९

काठमाडौं । थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट १२१६ नमूना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६७१ र एन्टीजेनबाट ५४५ नमुना परीक्षण गर्दा पीसीआरबाट ५० र एन्टिजेनबाट ५ को रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा ११ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९६ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटीपीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।


Published :चैत्र २६, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media