सत्ता गठबन्धनका शीर्ष नेताले आज बाराको चुनावी सभालाई सम्बोधन गर्दै

राष्ट्रपाटी न्युज

बैशाख ७, २०८०

काठमाडौं । सत्तारुढ गठबन्धनले आज बारामा चुनावी सभा आयोजना गर्दैछ ।

गठबन्धनले यहि बैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनलक्षित महागढीमाईस्थित बरियारपुरमा सभा आयोजना गर्न लागेका हो ।

सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलगायत गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

गठबन्धनका तर्फबाट उक्त क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुनुहुन्छ । उहाँलाई जिताउने उद्देश्यले आज सभा गर्न लागिएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

यही वैशाख १० गते बारा–२ सँगै चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ ।


Published :बैशाख ७, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media