मैतीदेवीमा ट्याक्सी व्यवसायीको अवरोध, पार्किङ क्षेत्रको माग

राष्ट्रपाटी न्युज

बैशाख २४, २०८०

काठमाडौँ । ट्याक्सी व्यवसायीहरुले काठमाडौँको मैतीदेवीमा सडक अवरुद्ध गरेका छन् । पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले सडक अवरुद्ध गरेका हुन् ।

व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौँ महानगर पुगेका छन् । उनीहरुले माग पूरा नभए महानगर नै घेर्ने चेतावनी पनि दिएका छन् ।


Published :बैशाख २४, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media