नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुईजना पक्राउ

राष्ट्रपाटी न्युज

बैशाख २६, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीले यस प्रकरणमा पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित सात जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन् ।


Published :बैशाख २६, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media