धादिङको धुनिबेशीमा गुडिरहेको बसमा एक्कासी आगलागी

राष्ट्रपाटी न्युज

बैशाख ३०, २०८०

धादिङ । धादिङ धुनिबेशी नगरपालिका-९ मा यात्रुबाहक बसमा आगलागी भएको छ।  शनिबार बिहान साढे ११ बजेतिर धादिङबाट काठमाडौं जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बसमा आगोलागी भएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी र धुनिबेशी नगरपालिकाको दमकलको सहयोगमा बसमा लागेको आगो नियन्त्रणमा लिइएको छ । गुडिरहेको बसमा एक्कासी वाईरिङ सर्ट भइ आगलागी हुँदा जलेर पूर्ण रुपमा क्षति भएको प्रहरीको भनाई छ।

घटनास्थलमा खत्रिपौवा र खानिखोलाबाट प्रहरी खटिएका थिए । प्रहरीका अनुसार बसमा चालकसहित ३५ जना सवार थिए । मानवीय क्षति भने भएको छैन ।


Published :बैशाख ३०, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media