सडक अलपत्र पार्ने ठेकेदार कान्छाराम र सांसद रामहरि खतिवडाविरुद्ध स्थानीयको आन्दोलन

राष्ट्रपाटी न्युज

बैशाख ३१, २०८०

काठमाडौँ । सडकको ठेक्का लिएर राजनीतिक पहुँचका आधारमा काम अलपत्र पार्ने ठेकेदार तथा कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध स्थानीयले आन्दोलन थालेका छन् ।

ठेक्का लिएर पेटी ठेकेदारलाई काम जिम्मा दिइ काम अलपत्र पार्ने ठेकेदार तामाङविरुद्ध स्थानीयले आन्दोलन थालेका हुन् ।

यसअघि स्थानीयले पटकपटक ठेक्का लगाउने निकाय पूर्वाधार विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराए पनि ठेकेदारलाई काम लगाइएको थिएन ।

सांसद तामाङले ठेक्का लिएको ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक ग्राभेलको काम वर्षौंदेखि अलपत्र छ । आन्दोलनमा उत्रिएका स्थानीयले ठेकेदारको तस्बिरको ब्यानर बोकेर विरोध गरेका हुन् । प्रर्दशनमा ३ सय स्थानीयले राजमार्गमा प्रदर्शन गरेका छन् ।

पटकपटक म्याद थप गरे पनि हालसम्म काम सम्पन्न नगर्दा सडकमा उड्ने धुलोले आसपासका स्थानीयको स्वास्थ्यमै असर पुगेको उनीहरुको गुनासो छ । १२ किलोमिटर सडक ग्राभेलका लागि १६ करोड ६४ लाख ६५ हजार आठ सय ३८ रुपैयाँमा ठेक्का लागेको थियो ।

आन्दोलनमा उत्रिएका सयौं स्थानीयले ओखलढुंगाका प्रतिनिधिसभाका सांसद रामहरि खतिवडा र प्रदेश सांसद प्रदिप सुनुवारविरुद्ध समेत आक्रोश पोखेका थिए । सडक निर्माण तत्काल सुरू गरी सम्पन्न नगरे आन्दोलन चर्काउने सडक संघर्ष समितिका अध्यक्ष सुवास गुरुङले बताए ।


Published :बैशाख ३१, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media