अत्यधिक गर्मीले विद्यालय बन्द

राष्ट्रपाटी न्युज

जेष्ठ १९, २०८०

बाँके । बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्द गर्न थालेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी भइ पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखाले जनाएको छ।

उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, मदरसा र संस्थागत विद्यालयहरुमा वर्षे बिदाबाट कट्टी हुने गरी तीन दिन बिदा दिने निर्णय गरिएको शाखा अधिकृत लोकेन्द्र शाहीले जानकारी दिए। खजुरा गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द हुने जनाएको छ। गाउँपालिकालका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्र मल्लले सूचना जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएका छन् ।

अत्यधिक गर्मी भएका कारण विद्यार्थीलाई पठनपाठनमा कठिनाइ भएकाले शिक्षा समितिको निर्णयअनुसार वर्षे बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको उनले बताए । नेपालगञ्जको अधिकतम तामत्रम ३८ देखि ४१ डिग्रीको हाराहारीमा रहेको छ । यसका कारण अत्यधिक गर्मी महसुस गरिएको छ ।


Published :जेष्ठ १९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media