सुनकोशीमा जीप खस्दा सीटीईभीटीका निर्देशक केसीसहित तीनजना बेपत्ता

राष्ट्रपाटी न्युज

जेष्ठ १९, २०८०

सिन्धुली । काठमाडौंबाट खोटाङका लागि जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को जीप मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोशी नदीमा खसेको छ । बा १ झ ७४६७ नम्बरको जीपमा सवारी तीनजना बेपत्ता भएको  सिन्धुलीका प्रहरी प्रवक्ता तथा डीएसपी चिरञ्जीवि दाहालले जानकारी दिए।

जीपमा (सीटीईभीटी) का प्रशासन महाशाखाका निर्देशक कृष्णबहादुर केसी, नीति योजना शाखाका निर्देशक यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल सवारी रहेका थिए। उनीहरू खोटाङस्थित प्राविधिक शिक्षालयको अनुगमनका लागि जाँदै थिए।

सीटीईभीटीका प्रवक्ता एकराज अधिकारीले जीप दुर्घटनामा परेको खबर प्राप्त भएको पुष्टि गरे। जीपका चालक कृष्ण चौधरी सुनकोशीबाट निस्कन सफल भएका छन्। उनको स्थानीय खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।


Published :जेष्ठ १९, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media