प्रधानमन्त्री प्रचण्डले गरे लुम्बिनी केबलकारको उद्घाटन

राष्ट्रपाटी न्युज

जेष्ठ २५, २०८०

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् ।

बुटवलदेखि पाल्पाको बसन्तपुरसम्म बनेको लुम्बिनी केबलकारको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान बुटवल आएका हुन् । गणतन्त्र दिवसको व्यवसायिक सुरुआत भएको केवलकारको आज औपचारिक रुपमा उद्घाटन भएको हो। उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समूहले ३ अर्बको लागतमा बुटवलमा केवलकार निर्माण गरेको छ ।

झण्डैं ३ किलोमिटर लामो केवलकार बुटवलको रामफेदी पाल्पाको बसन्तपुर डाँडासम्म रहेको छ । बसन्तपुर डाँडामा कामाख्या देवीको मन्दिर निर्माण गरिएको छ । सो स्थानमा पाँच तारे होटल निर्माण गर्ने योजना रहेको लगानीकर्ता ढकालले जनाए । ढकालसहित बुटवलका केही स्थानीयले समेत केबुलकारमा लगानी गरेका छन् ।


Published :जेष्ठ २५, २०८०


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media